राप्रपा बेलडाँडी वडा नं. २ मा नयाँ नेतृत्व, युवानेता चुडामणी जोशी सभापति चयन

बेलडाँडी – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बेलडाँडी गाउँपालिका वडा नं. २ को वडा कार्यसमिति गठन गरिएको छ। नवगठित समितिको सभापतिमा युवानेता चुडामणी जोशी चयन हुनु भएको छ।

जोशीको नेतृत्वमा श्याम मगर, इन्द्रदत्त भट्ट, मानसिंह बिष्ट, रमेश कामी, निरा शाही, सोनी मगर, नन्द बहादुर मगर, कृष्णराज जोशी, प्रेम सिंह साउद, जनक बम, कलावती बम र विष्णु बहादुर सिंह चयन भएका छन्।

राप्रपा बेलडाँडीका युवा नेता कमल मल्लका अनुसार जिल्ला सदस्य रामलाल उपाध्याय र क्षेत्रीय उपाध्यक्ष नरेन्द्र बहादुर सिंह को उपस्थितिमा वडा समिति चयन गरिएको हो।

नेता मल्लले हालको व्यवस्था देखेर जनता वाक्क भइसकेको र राप्रपातर्फ आकर्षण बढिरहेको बताए। “नयाँ नेपाल बनाउनका लागि हामी सशक्त ढंगले अघि बढ्नेछौं,” उनले भने।

स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म राप्रपाको संगठन विस्तार गर्दै लैजाने योजना रहेको नेताहरूको भनाइ छ। युवा नेतृत्वको सहभागिताले पार्टीलाई थप गतिशील बनाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित