धनगढीमा मंगलबार राति प्रहरीमाथि चक्कु प्रहारको प्रयास

धनगढी, धनगढीको ट्राफिक चौराहामा मंगलबार राति डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ। राति लगभग सवा ८ बजेतिर एक युवकले हातमा चक्कु लिएर ‘हरहर महादेव’ भन्दै सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिन खोजेका थिए।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उक्त युवकले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि चक्कु प्रहार गर्न खोजेको स्पष्ट देखिन्छ। यस घटनामा प्रहरीले तत्काल प्रतिक्रिया जनाउँदै युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने युवक धनगढी उपमहानगरपालिका-१४ का ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। यद्यपि, घटनाबारे प्रहरीले औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन।

यस घटनाले धनगढीमा सुरक्षा र ट्राफिक नियन्त्रणका लागि रहेको प्रहरीको भुमिका एक पटक फेरि महत्त्वपूर्ण बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित