एसईई दिने विद्यार्थीहरूको विदाई कार्यक्रम सम्पन्न

लाल ब एसके, बर्दिया – पृथ्वी माध्यमिक विद्यालय, बासगढी–३, लखनामा एसईई परीक्षार्थी विद्यार्थीहरूका लागि एक विशेष विदाई कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम को सभाअध्यक्षता कक्षा ९ का छात्र खडक विक तथा प्रमुख अतिथि प्र अ तुलसि काफ्ले शिक्षक कर्मचारि को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि विधालयका प्र अ तुलसि काफ्ले ले विदाई हुने विधार्थिलाई see परिक्षा सफलता को शुभकामना तथा मेहेनत गरि अगाडि बढने कुरा व्यक्त गर्नु भयो ।त्यसै गरि विधालय का माबि इन्चार्ज कृष्ण बुढाले एसईई परीक्षार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै, सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र ईमान्दारिताको आवश्यकता रहेको बताए।

त्यसै गरि प्र बि इन्चार्ज सिता कुमारि पौडेल ले शिक्षा केवल परीक्षासम्म सीमित नभई जीवनभर सिकिरहनुपर्ने यात्रा भएको उल्लेख गरि शुभकामना व्यक्त गर्नु भयो।

विद्यार्थीहरूलाई मार्गदर्शन गर्दै उनले भने, “सफलता भनेको केवल उच्च अंक प्राप्त गर्नु मात्र होइन, असल आचरण, निरन्तर परिश्रम र सही मार्गमा अघि बढ्नु नै वास्तविक सफलता हो। हरेक चुनौतीलाई अवसरका रूपमा लिनुहोस् र आफूभित्रको प्रतिभा उजागर गर्न नडराउनुहोस्।”

विद्यालयका अन्य शिक्षकहरूले पनि विद्यार्थीहरूलाई शुभकामना दिँदै विद्यालयमा सिकेका ज्ञान र मूल्यमान्यतालाई जीवनभर आत्मसात् गर्न आग्रह गरे।

कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूले विद्यालयमा बिताएका आफ्ना स्मरणीय क्षणहरू सम्झिँदै धन्यवाद व्यक्त गरे। साथीभाइ, शिक्षक र विद्यालयसँग बिताएका अविस्मरणीय पलहरू स्मरण गर्दै, आगामी दिनमा विद्यालयको नाम उच्च राख्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यालय प्रशासनले एसईई परीक्षामा सहभागी विद्यार्थीहरूलाई अन्तिम तयारीमा ध्यान दिन आग्रह गर्दै उनीहरूको सफलता सुनिश्चित गर्न आवश्यक सुझावहरू प्रदान गर्‍यो।

कार्यक्रम अन्त्यतिर विद्यालय परिवारले एसईई परीक्षा दिने सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै उनीहरूको सफलताको कामना गर्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित