काठमाडौँ । राजावादी प्रदर्शनका क्रममा तीनकुनेमा एक निजी घरमा लागेको आगलागीमा परेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ।
रजक उक्त घरको छतमा बसेर प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रदर्शनकारीले आगो लगाउँदा जलेर निधन भएको बताइएको छ। विगत पाँच वर्षदेखि क्यामेरापर्सनका रूपमा कार्यरत रजकको मृत्युले मिडिया क्षेत्रमा शोक छाएको छ।
एक प्रहरी अधिकारीका अनुसार आगलागी भएको घरबाट निकालिएको शवको पोस्टमार्टम शिक्षण अस्पतालमा गरिँदै छ।
यसैबीच, प्रदर्शनका क्रममा भएको झडपमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको पनि मृत्यु भएको छ। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।
Discussion about this post