सुनको मूल्यमा ७ सय रुपैयाँको गिरावट, चाँदी भने महँगियो

काठमाडौं :सोमबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने ३० रुपैयाँले बढेको छ। चाँदी आज प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित