सुनको मूल्यमा ४०० रुपैयाँको गिरावट, चाँदी स्थिर

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

गत सोमबार प्रतितोला छापावाल सुनको मूल्य १ लाख ७३ हजार ८०० रुपैयाँ थियो। यता, चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ८३० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित