महाकाली अस्पतालका पुर्व मेसु कायस्थ र निमित्त मेसु भट्टलाई रामलीला रत्न सम्मान

भाष्कर केसी-कञ्चनपुर,
महाकाली प्रादेशिक अस्पतालका पुर्व मेसु डा. सुभेषराज कायस्थ र निमित्त मेसु डा. अर्जुन भट्टलाई रामलीला रत्न सम्मान गरिएको छ । रामलीला समिति कञ्चनपुरले महाकाली प्रादेशिक अस्पतालका पुर्व मेसु डा. सुभेषराज कायस्थ र निमित्त मेसु डा. अर्जुन भट्टलाई रामलीला रत्न सम्मान गरेको हो ।
रामलीला समिति कञ्चनपुरका अध्यक्ष शमरजङ्ग बहादुर चन्दले यस क्षेत्रका स्वास्थ्यका अतुलनिय भूमिका निर्वाह गरेको भन्दै रामलीला रत्न सम्मान गरिएको बताए । डा.द्वय कायस्थ,भट्ट सहित महाकाली अस्पतालमा कार्यरत डा. ग्रिस अवस्थी, डा. दुर्गोश चौधरी र मन्त्र अस्पतालका निर्देशक डा. गोबिन्द रोकाया सहितलाई सम्मान गरिएको छ । प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ । यस क्षेत्रका जनताको स्वास्थ्यमा अतुलनिय भूमिका निर्वाह गरेको भन्दै रामलीला समितिले डाक्टरहरुलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित