नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ३७०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको छ।

महासंघका अनुसार छापावाल सुन सोमबार प्रतितोला एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि सोमबार १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित