पुनर्वासमा निःशुल्क सिकलसेल परीक्षण, ४१३ जनाले लिए सेवा

लाल ब. एस.के, पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा अवस्थित कालिका स्वास्थ्य चौकीमा एक दिने निःशुल्क सिकलसेल परीक्षण शिविर सम्पन्न भएको छ।

स्वास्थ्य परीक्षण शिविरमा ३०३ महिला र ११० पुरुष गरी जम्मा ४१३ जनाले सेवा लिएका छन् ।
स्वास्थ्य चौकी प्रमुख मञ्जु खडकाका अनुसार, परीक्षण गरिएकामध्ये ३४ जनामा सिकलसेल पोजेटिभ देखिएको बताए । पोजेटिभ देखिएका बिरामीलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको जानकारी गराउनु भयो ।

शिविरमा सेवा लिने फुलमती रानाले गरिबीका कारण समयमै परीक्षण गराउन नसक्ने समस्यामा यस्तो शिविरले सहजता ल्याएको बताइन् । सिकलसेलका कारण हरेक वर्ष मानवीय क्षति हुने भएकाले हरेक ६–६ महिनामा नियमित परीक्षण गर्नुपर्नेमा उनले जोड दिइन् ।

स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना र पुनर्वास नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको यो शिविर सिकलसेलजस्ता दीर्घरोगबारे जनचेतना फैलाउन र समयमै पहिचान गर्न महत्वपूर्ण भएको स्थानीयवासीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित