बझाङमा १६ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा एकजना पक्राउ

बझाङ: बझाङको छबिसपाथिभेरा गाउँपालिका–४, झुतेडामा १६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ३२ वर्षीय केशर खत्रीलाई बुधबार साँझ पक्राउ गरिएको हो। पीडित बालिकाका तर्फबाट परेको उजुरीका आधारमा खत्रीलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार घटनाको थप विवरण संकलन गर्दै आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। पीडित पक्षलाई आवश्यक सुरक्षा तथा कानुनी सहयोग पनि उपलब्ध गराइने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित