झ्यापझ्याप बत्ती जाने सरकारको आयुको सङ्केत हो? सांसद दुर्गा राईको व्यंग्यात्मक टिप्पणी

काठमाडौँ :प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले पछिल्लो समय देशभर बढ्दो लोडसेडिङप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसलाई सरकारको अस्थिरताको सङ्केतका रूपमा व्याख्या गरेकी छन्।

प्रतिनिधिसभाको आइतबारको शून्य समयमा बोल्दै सांसद राईले भनिन्, “झ्यापझ्याप बत्ती जाने सरकारको आयुको सङ्केत हो?”। उनले पछिल्लो समय बारम्बार लाइन काटिएको समस्यामाथि ध्यानाकर्षण गराउँदै आम नागरिकको दैनिक जीवन प्रभावित भएको बताइन्।

उनले लोडसेडिङजस्तो समस्या समाधान गर्न सरकार असफल देखिएको बताउँदै प्रश्न गरिन्, “देश २१औँ शताब्दीमा पुगेको दाबी गरिन्छ, तर बत्ती जानु अझै नियन्त्रणमा आउन सकेको छैन। यसले सरकारको कमजोरी देखाउँछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित