काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यमा एकैदिन रु १,१०० को गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (शुक्रबार) सुन प्रति तोला रु १,९०,४०० मा कारोबार भइरहेको छ।
हिजो अर्थात् बिहीबार सुनको मूल्य रु १,९१,५०० प्रति तोला थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी रु २० ले घटेर रु १,९०५ प्रति तोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।
बिहीबार चाँदीको मूल्य रु १,९२५ थियो।
सुनचाँदीको मूल्य घट्दा आम उपभोक्तालाई केही राहत भए पनि निर्यातमुखी व्यवसायमा असर पर्न सक्ने अनुमान गरिएको छ।
Discussion about this post