कांग्रेस–माओवादीबीच शंकर हलमा छलफल, विपक्षीको अडान कायमै

नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच संघीय संसद भवनको शंकर हलमा छलफल जारी छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूसँगको छलफलपछि कांग्रेससँग संवाद थालेका हुन्।

छलफलमा शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबारे प्रचण्डले विपक्षी दलहरूलाई ब्रिफिङ गरेका थिए। उनले भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउन कांग्रेस तयार नभएको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारका अनुसार, कांग्रेस सहमतिमा नआएपछि विपक्षीको संसदमा अडान कायमै रहने निष्कर्ष निकालिएको छ। सत्तापक्ष लचिलो नभएको भन्दै विपक्षीले पनि दबाब कायम राख्ने तयारी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित