बुधबार नेपाली बजारमा सुनको मूल्यमा १,३०० रुपैयाँले वृद्धि, चाँदी स्थिर

काठमाडौँ: नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो।

यो वृद्धिसँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ३०० रुपैयाँमा पुगेको छ। मंगलबार सो सुनको मूल्य १ लाख ९० हजार रुपैयाँ तोलामा थियो।

यसैबीच, बुधबार चाँदीको मूल्य भने स्थिर रह्यो। अघिल्लो दिनको मूल्य अनुसार चाँदी तोलामा १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ, जसमा बुधबार कुनै परिवर्तन देखिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित