कैलालीको सुत्केरी महिलाको हत्या प्रकरण : डीएसपी चन्दको कुशल अनुसन्धानले अभियुक्त पक्राऊ

कैलाली – कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा मृत फेला परेकी १९ वर्षीया सुत्केरी तुलसी नाथको हत्या भएको रहस्य पर्दाफास भएको छ। यो रहस्यभित्र लुकेको सत्य उजागर गर्न इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दको सक्रियता र कुशल अनुसन्धानले निर्णायक भूमिका खेलेको छ।

गत शुक्रबार बिहान घरनजिकैको नालामा मृत भेटिएकी सुत्केरी महिलाको घटनाले गाउँ–टोलमा स्तब्धता छाएको थियो। घटनामा सुरुवाती रूपमा बाह्य चोटपटक नदेखिए पनि कानका सुनका गहना हराएको विवरणलाई आधार बनाएर चन्द नेतृत्वको प्रहरी टोलीले अनुसन्धानलाई नयाँ दिशा दियो।

सात्त्विक र पेजिलो अनुसन्धान प्रक्रिया अघि बढाउँदै चन्दको टोलीले छोटो समयमा नै पीडितका सहोदर देवर नवीन नाथलाई नियन्त्रणमा लिन सफल भयो। प्रारम्भिक बयानमा नवीनले सुनका गहनाका लागि भाउजुको निदाएको अवस्थामा सिरानीले मुख थिचेर हत्या गरेको स्वीकार गरेका छन्। उनले गहना घरनजिकै ढुङ्गामुनि लुकाएको समेत बयान दिएका छन्।

घटनास्थलमा भेटिएको नवजात शिशु भने सकुशल अवस्थामा रहेको प्रहरीले जनाएको छ। सुत्केरी महिला माथि आफ्नै परिवारबाट गरिएको यस्तो निर्मम घटनालाई उजागर गर्न सफल बनेको डीएसपी चन्दको नेतृत्वले फेरि एकपटक जनविश्वास र प्रहरीप्रतिको आशा मजबुत बनाएको छ।

कुशलता, दूरदृष्टि र संवेदनशीलताका साथ अनुसन्धानमा खटिएका डीएसपी चन्द र उनको टोलीले प्रहरी पेशाको मर्यादा र कर्तव्यप्रति सजगता देखाएको यो सफलता उल्लेखनीय छ। न्यायका लागि संघर्षरत पीडित परिवारलाई न्याय दिलाउने दिशामा भएको यो कदमलाई जनस्तरबाट समेत सकारात्मक प्रतिक्रियाले साथ दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित