बेलडाँडी । बेलडाँडी पर्यटन प्रवर्द्धन समितिले आर्थिक वर्ष २०८१/८२ का आय–व्यय विवरण सार्वजनिक गरेको छ। मिति २०८२ साल असार १४ गते बसेको समितिको बैठकले आय–व्यय विवरण अनुमोदन गर्दै पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ।
समितिका अनुसार, उक्त वर्षमा समुदायको स्वस्फूर्त सहभागिता र जनसमर्थनका आधारमा विभिन्न कार्यक्रम र पूर्वाधार निर्माण कार्यहरू सफलतापूर्वक सम्पन्न गरिएका छन्।
प्रमुख रुपमा पौष १५ मा सम्पन्न विशेष सांस्कृतिक कार्यक्रम, चार वटा ठूला ट्री–गार्ड निर्माण, तथा “बेलडाँडी एकता स्तम्भ” र “बेल स्मारक” निर्माण गरिएका छन्।
कुल प्राप्त सहयोग (आय): रु. ९३,४४६/-, कुल खर्च: रु. १,४५,८८२/-, सांस्कृतिक कार्यक्रम: रु. २०,३५०/-, ट्री–गार्ड निर्माण: रु. १३,३१७/-, एकता स्तम्भ र स्मारक निर्माण: रु. १,०८,६७२/-, अन्य प्रशासनिक तथा मसलन्द खर्च, संस्थाको दायित्व बाँकी: रु. ५२,४३६/- रहेको देखाईएको छ ।
समितिका अध्यक्ष गोकर्ण जोशीको सक्रिय नेतृत्व, स्पष्ट दृष्टिकोण र समर्पित प्रयासकै कारण योजनाहरू समयमै सम्पन्न हुन सकेका छन्। उहाँको नेतृत्वमा समितिले पारदर्शिता, सहभागिता र दीर्घकालीन सोचलाई आधार बनाएर समुदायको विश्वास जित्दै आएको छ।
स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै पर्यटन र सांस्कृतिक पहिचानको प्रवर्द्धनमा समितिले नयाँ सम्भावनाहरूको ढोका खोलिदिएको छ।
समितिले सहयोग, सद्भाव र सक्रिय सहभागिता जनाउने सम्पूर्ण महानुभावहरूप्रति आभार प्रकट गर्दै आगामी दिनहरूमा अझ व्यापक सहभागिता र सुझावको अपेक्षा गरेको छ।
Discussion about this post