काठमाडौं : नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले बढेर १ लाख ९० हजार ५०० रुपैयाँ पुगेको छ। सोमबार यो मूल्य १ लाख ८८ हजार १०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर २ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।
Discussion about this post