सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२र८३ को अनुमानित ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
आज बसेको प्रदेश सभा बैठकले आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह थापाद्वारा प्रस्तुत आर्थिक प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकसहितको बजेट सर्वसम्मतिले पारित गरेको हो।
सरकारले चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार रुपैयाँ र पुँजीगततर्फ १९ अर्ब ८३ करोड दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै, अन्तरवित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थातर्फ एक करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
बजेटमाथि भएको चार दिनको छलफलमा २७ जना प्रदेशसभा सदस्य सहभागी भएका थिए । छलफलका क्रममा सत्तापक्ष र प्रतिपक्ष दुवैका सांसदहरूले बजेटको आलोचना गरे पनि अन्ततः सबैको सहमतिमा बजेट पारित गरिएको हो।





















Discussion about this post