कैलालीमा हतियारसहित तीन जना पक्राउ, पेस्तोल र थुप्रै गोली बरामद

 कैलाली: कैलालीको भजनी नगरपालिका–९ आमबाडीबाट हतियारसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ५० वर्षीय दिलिप कार्की, उनका छोरा २२ वर्षीय विकास कार्की र ३० वर्षीय सुरेश विक रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार उनीहरूको साथबाट एक थान पेस्तोल, त्यसमा प्रयोग हुने ११ राउन्ड गोली, एक थान हर्नेट बन्दुकसहित २४ राउन्ड गोली र एक थान कटुवा पेस्तोल बरामद गरिएको छ।

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित