एकैदिन सुनको भाउ १३०० रुपैयाँले घट्यो, चाँदीको भाउ पनि घट्दै

काठमाण्डौ: सुनको भाउ आज एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । भाउ घटेको दिन सुन तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार तीन सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार दुई सय ६० रुपैयाँ कायम भएको महासङ्घले बताएको छ । चाँदीको भाउ हिजो तोलाको दुई हजार दुई सय ७५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित