काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको भाउ सामान्य रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेर आज तोलाको १ लाख ९२ हजार ५ सय रुपैयाँ पुगेको छ।
हिजो सुनको भाउ तोलाको एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर दुई हजार दुई सय ८० रुपैयाँ कायम भएको महासङ्घले बताए। हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ६५ रुपैयाँ कायम भएको थियो ।





















Discussion about this post