काठमाण्डौ : लगातार घट्दो क्रममा रहेको सुनचाँदीको भाउ आज फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँले घटेको छ ।
अहिले सुन तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार सुनको भाउ एक लाख ९४ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको भाउ पनि घट्दै गएको छ । आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले घटेर दुई हजार दुई सय ९० रुपैयाँमा झरेको छ । शुक्रबार चाँदीको भाउ तोलाको दुई हजार तीन सय ४० रुपैयाँ थियो ।
सुनचाँदीको भाउ घट्दा गरगहना किन्ने उपभोक्तालाई केही राहत भए पनि लगानीकर्ताले भने घाटा बेहोर्नुपरेको छ । व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपाली बजारमा पनि त्यसको असर देखिएको हो ।






















Discussion about this post