काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्यरूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ९३ हजार रुपैयाँमा झरेको छ।
हिजो सोमबार सुनको मूल्य तोलामा एक लाख ९३ हजार ६ सय रुपैयाँ रहेको थियो।
त्यसैगरी, चाँदीको मूल्य भने आज पाँच रुपैयाँले बढेको छ। हिजो तोलाको दुई हजार दुई सय ९५ रुपैयाँमा रहेको चाँदी आज तोलाको दुई हजार तीन सय रुपैयाँ पुगेको छ।





















Discussion about this post