बेलडाँडीको साविक रौ.वि वडा नं. ९ का लागि ७ दिने दाबीविरोध सूचना, पुर्जा वितरण अन्तिम चरणमा

बेलडाँडी । बेलडाँडी गाउँपालिकाले साविक रौतेली विचवाको वडा नं. ९ का लागि नापनक्सा गरिएका कित्ता जग्गासम्बन्धी दाबीविरोधका लागि ७ दिने सार्वजनिक सूचना जारी गरेको छ । अव्यवस्थित बसोबासीको रूपमा आवाद कमोद भएका कित्ताहरूको विवरणमा देखिएको थपघट विषयमा सत्यतथ्य प्रमाणसहित दाबी गर्न पालिकाले आग्रह गरेको हो ।

भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीसँग सम्बन्धित जग्गा विवरणलाई व्यवस्थित गर्न गाउँपालिकाले क्रमिक रूपमा सबै वडाका लागि सूचना प्रकाशन गर्ने तयारी थालेको छ । साविक वडा नं. ८ र ७ को सूचना यसै साता जारी गरिने र अन्य वडाहरूमा पनि यो प्रक्रिया विस्तार गरिने जानकारी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी शाखाका प्रमुख दिपक बिष्टले दिएका छन् ।

उनका अनुसार भूमि हनि सुकुम्वासीको सवालमा पहिला भूमि समस्या समाधान आयोगमा पठाइएको विवरणमा तीन पुस्ते प्रमाण एकिन नभएको भन्दै जिल्ला समितिबाट पुनः विवरण माग गरिएकाले पालिका अहिले त्यो प्रक्रियालाई पनि अगाडि बढाइरहेको जनाए ।

यता, भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्रप्रकाश पन्तले सामाजिक सञ्जालमार्फत स्टाटस पोस्ट गर्दै अव्यवस्थित बसोबासीका नापनक्सा, फिल्डबुक र कानुनी पक्षहरूबारे गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना, वडा अध्यक्षहरू, आयोगका प्रतिनिधि, भूमि एकाइ बेलडाँडी तथा प्राविधिक टोलीसँगको छलफलमा करिब ३ हजार कित्ताको लालपुर्जा वितरण अन्तिम चरणमा पुगेको आफ्नो फेसबुक स्टाटसबाट उल्लेख गरेका छन् ।

गाउँपालिका अध्यक्ष रानाले भदौं महिनाभित्रै लालपुर्जा वितरण सुरु गर्ने गरी तयारी तीव्र रूपमा अगाडि बढिरहेको बताए । “प्राविधिक टोली खटिसकेको छ, सबै प्रक्रिया पूरा गरेर छिट्टै बेलडाँडीबासीको हातहातमा पुर्जा पु¥याउन हामी स्थानीय सरकारका तर्फबाट पूर्ण प्रतिबद्धताका साथ लागेको छौं,” उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले सम्बन्धित शाखालाई पूर्ण अधिकार सहितको जिम्मेवार दिँदै प्रक्रिया छिटो अगाडि बढाउने निर्देशन भइसकेको बताए ।

गाउँपालिकाका अनुसार हालसम्म लालपुर्जाका लागि ४ हजार ७ सय ५५ जनाले दर्ता गराएका छन् । जसमा १ सय ५७ जना भूमिहीन दलित, १ सय ९५ जना भूमिहीन सुकुम्वासी र ४ हजार ४०३ जना अव्यवस्थित बसोबासी रहेका छन् ।

बेलडाँडी गाउँपालिकाका अनुसार पालिकाका सबै वडामा हालसम्म १ हजार ४ सय हेक्टरभन्दा बढी जग्गाको नापजाँच सम्पन्न भइसकेको छ । सबै सरोकार पक्षसँग समन्वय गर्दै साविक वडा नं. ९ बाट प्रक्रिया प्रारम्भ गरिने संकेत मिलेको छ ।

लिस्ट यता

दाबि बिरोध सूचना वडा नं ५ दाबि बिरोध सूचना वडा नं ५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित