काठमाडौं :सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य एकैदिन १,९०० रुपैयाँले बढेर तोलाको १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ।
यसअघि वैशाख ९ गते सुनको मूल्य तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मको उच्च मूल्य मानिएको थियो। यस्तै, हिजो सोमबार सुनको मूल्य तोलाको १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ। महासङ्घका अनुसार चाँदीको मूल्य २५ रुपैयाँले बढेर आज तोलाको २,२८० रुपैयाँ पुगेको छ। हिजोको मूल्य तोलाको २,२५५ रुपैयाँ रहेको थियो।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उकालो र डलरको भाउको उतारचढावका कारण नेपाली बजारमा पनि यसको प्रत्यक्ष प्रभाव देखिएको हो।






















Discussion about this post