महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्दो

कञ्चनपुर । महेन्द्रनगरस्थित नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ। गुणस्तरीय र सस्तो सेवाका कारण भारतीय नागरिकसमेत यहाँ उपचार गराउन आउने क्रम तीव्र भएको छ।

आर्थिक वर्ष २०८१/८२ मा अस्पतालले २४ हजार ७८० जनालाई सेवा दिएको छ। तीमध्ये ६३४ जनाको मोतियाबिन्दु शल्यक्रिया र ५,४१३ जनालाई चस्मा वितरण गरिएको छ। सेवाग्राहीमध्ये १,६६७ जना भारतीय नागरिक रहेको अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले बताए।

उनका अनुसार मोतियाबिन्दु, आँखामा मासु पलाउने, परेला फर्किने लगायत समस्या यहाँ मेसिनमार्फत उपचार गरिन्छ भने जटिल शल्यक्रिया गेटा आँखा अस्पतालमा पठाइन्छ। हाल दैनिक ११५–१२० बिरामी अस्पताल पुग्ने गरेका छन्।

विद्यालय र दुर्गम क्षेत्रमा सञ्चालन गरिएका शिविरमार्फत ५,८०० जनाले उपचार सेवा पाएका छन्। २०७० सालमा १० शय्याको अस्पतालका रूपमा स्तरोन्नति भएको यस संस्थाले नयाँ भवन निर्माणका लागि प्रदेश र स्थानीय तहसँग सहयोगको अपेक्षा राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित