अन्तराष्ट्रिय युवा दिवसमा बेलडाँडीमा सरसफाई कार्यक्रम, कञ्चन सामुदायिक विकास केन्द्रको अग्रसरता

बेलडाँडी । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बेलडाँडी–२ गौडीस्थित दिपज्योती समूह परिसर र सडक किनारका झाडीहरू सफा गर्दै कञ्चन सामुदायिक विकास केन्द्रले सरसफाई अभियान सञ्चालन गरेको छ।

अध्यक्ष रोशना थापा मगरको नेतृत्वमा सम्पन्न कार्यक्रममा घर वरिपरि र सार्वजनिक स्थलमा रहेको झाडी फडानी गर्दै वातावरण सफा गरिएको थियो। सामुदायिक प्रशिक्षक टेकबहादुर सुनारका अनुसार, दिवसको अवसरमा विश्वभर युवामुखी कार्यक्रम भइरहेका बेला बेलडाँडीका युवाले “आफ्नो गाउँ, आफैं सफा” भन्ने सन्देश फैलाउने उद्देश्यले कार्यक्रम अघि बढाएको जनाए ।

अध्यक्ष थापा मगरले सम्पूर्ण युवालाई शुभकामना दिँदै, “युवाहरु यो देशको मेरुदण्ड हुन्, राज्यले उनीहरूलाई स्वदेशमै रोजगारी र अवसर उपलब्ध गराउनुपर्छ,” भने। उनले हाल बेलडाँडी आसपासमा बढिरहेको बाघ–चितुवाको आतंकलाई पनि सरसफाई र झाडी फडानीमार्फत केही हदसम्म न्यून गर्न सकिने बताए। केही दिनअघि उनको आफ्नै बाख्रो चितुवाले मारेको घटना उनले स्मरण गरे।

विगत केही वर्षयता समुदायको आधारस्तरमै काम गर्दै आएको कञ्चन सामुदायिक विकास केन्द्रले स्वास्थ्य, वातावरण संरक्षण, सामाजिक सचेतना र जनसहभागितामा निरन्तर अग्रणी भूमिका खेल्दै आएको छ। यस सरसफाई अभियानले स्थानीयमा सफा र सुरक्षित वातावरणको महत्व बुझाउँदै एकताको सन्देश समेत फैलाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित