सुनको मूल्य तोलामा १०० रुपैयाँले वृद्धि, चाँदी १५ रुपैयाँ महँगियो

काठमाडौँ : आज सुन–चाँदीको मूल्य सामान्य मात्रामा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर एक लाख ९६ हजार आठ सय रुपैयाँ पुगेको छ।

हिजो तोलाको मूल्य एक लाख ९६ हजार सात सय रुपैयाँ रहेकोमा आज १०० रुपैयाँले वृद्धि भएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर दुई हजार तीन सय ४० रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य दुई हजार तीन सय २५ रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित