कञ्चनपुर,
नेकपा एमाले कृष्णपुरका ३२ जना नेता कार्यकर्ताले एकसाथ पाटी परित्याग गरेका छन । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै एमाले कृष्णपुरका नेता कार्यकर्ताहरुले पाटी परित्याग गरेका हुन । पाटी भित्र नातावाद, कृपावाद र कम्युनिष्ट पार्टी भएर राजावादी जस्तो हुकुमशासन जस्तै भएको भन्दै पाटी परित्याग गरेका हुन ।
कृष्णपुरका शेर बहादुर रोकाया, शंकर ब. रोकाया, गोबिन्द विक, दल बहादुर बलायर, शेर बहादुर रोकाया, टिकादत्त उपाध्याय, कर्ण ब. रोकाया, भीम सार्की सहितका नेता कार्यकर्ताहरुले साधारण सदस्य समेत नरहने गरी पाटी परित्याग गरेका हुन । केही दिन पहिले एमाले परित्याग गरेर एमाले कृष्णपुरका प्रभावशाली नेता जयराज पाण्डेले अझै पहिलोक्रम जारी अझै अरुले पनि पाटी परित्याग गर्ने संकेत गरेका छन ।






















Discussion about this post