कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलकी १७ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनका श्रीमान् पवन भट्टलाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
सोही मुद्दामा पक्राउ परेका सम्झनाका ससुरा हरिदत्त भट्ट र पुजा भट्टलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ भने सासु किरण भट्टलाई साधारण तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
गत साउन १८ गते सम्झना आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । तर माइती पक्षले यो आत्महत्या नभई हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका थिए ।
प्रहरीका अनुसार आत्महत्या दुरुत्साहनको किटानी जाहेरीका आधारमा श्रीमान्, ससुरा, सासु र दिदीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो ।





















Discussion about this post