काठमाडौँ : सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई सामाजिक सञ्जाल निष्क्रिय गर्न निर्देशन दिएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो ब्यहोरा उल्लेख गरिएको पत्र प्राधिकरणलाई पठाउने निर्णय गरेको हो ।
मन्त्रालयले अहिलेसम्म २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय गर्ने निर्णय गरेको बताइएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले मन्त्रालयबाट पत्र पठाइएको जानकारी भएको भन्दै प्राप्त भएपछि बन्द गर्ने तयारी हुने बताए । उनका अनुसार यस्ता साइटहरू बन्द गर्ने प्रक्रिया इन्टरनेट सेवा प्रदायकमार्फत हुन्छ ।
अर्यालले भने, ‘‘हामीले सेवा प्रदायकमार्फत बन्द गर्ने हो । निर्देशन प्राप्त भएपछि हामी सबैलाई सर्कुलर गर्छौँ । प्राधिकरणले दिएको निर्देशन सेवा प्रदायकले तत्काल पालना गर्नुपर्ने व्यवस्था छ । यो त झनै सरकारकै निर्णय भयो, उहाँहरूले ढिला गर्नु भएन ।’’























Discussion about this post