काठमाडौँ :राप्रपाका सङ्घ र प्रदेशका ४२ सांसदले सामूहिक राजीनामाको तयारी थालेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले यसबारे उच्चस्तरीय परामर्श थालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
श्रेष्ठका अनुसार संविधानको औचित्य नै समाप्त भएको निष्कर्षमा पुगेकाले सांसद रहिरहन अब औचित्य नदेखिएकाले राजीनामा दिने तयारी भएको हो । उनले सम्भवतः आजै राजीनामा हुने संकेत समेत गरेका छन् ।
यसअघि पनि राप्रपाले संविधान र व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै विभिन्न चेतावनीमूलक कार्यक्रम सञ्चालन गर्दै आएको थिए ।


















Discussion about this post