काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पदबाट राजीनामा दिएका छन् । हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएको ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरेर पठाएको पत्रमा उल्लेख गरेका छन् ।
‘सम्माननीय राष्ट्रपतिज्यू, संवत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ ९२० बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकासका लागि तथा समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ ९१०९क० बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ ओलीले आफ्नो पत्रमा उल्लेख गरेका छन् ।
जेनजीको आन्दोलन नियन्त्रणबाहिर पुगेपछि बढ्दो जनदबाबका कारण ओली राजीनामा दिन बाध्य भएका हुन् ।


















Discussion about this post