नेपाली सेनाको कडाइ  लुटपाटमा संलग्न पक्राउ, देशभर ७३ नाल हतियार बरामद

काठमाडौँ : देशभर फैलिएको अस्थिरताबीच नेपाली सेनाले सुरक्षा अभियानलाई तीव्र बनाएको छ। सेनाले महाराजगञ्ज क्षेत्रबाट लुटपाटमा संलग्न चार जना व्यक्तिलाई नियन्त्रणमा लिँदै उनीहरूबाट सात नाल हतियार, म्यागजिन, राउण्ड, व्युनेटसहितका अन्य एसेसरिज तथा व्यक्तिगत सामग्री बरामद गरेको छ।

विशेष सूचनाका आधारमा सेनाले बालाजु माछापोखरी क्षेत्रबाट थप एक नाल हतियार समेत फेला पारेको छ। यससँगै हालसम्म सुरक्षाकर्मीहरूले देशभर ७३ नाल हतियार बरामद गर्न सफल भएका छन्।

यसैबीच, काभ्रेस्थित धुलिखेल जिल्ला कारागारमा कैदीबन्दी र नेपाल प्रहरीबीच भएको झडपपछि स्थिति नियन्त्रणमा आएको छ। त्यस्तै, डिल्लीबजार कारागारमा लागेको आगो समेत नेपाली सेना र अन्य निकायहरूको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ।

सुरक्षा फौजले विभिन्न जिल्लामा कारागारबाट फरार कैदीबन्दीलाई समेत पक्राउ गर्दै आएको छ। ताजा विवरणअनुसार सप्तरीमा ४ जना, सुनसरीमा २०२ जना, रुकुम (पश्चिम)मा ४३ जना, कपिलवस्तुमा ५० जना र म्याग्दीमा ४ जना फरार कैदी पक्राउ परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित