अमेरिकी राजदूतसँग प्रधानमन्त्री कार्कीको शिष्टाचार भेट

काठमाडौँ :अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्प्सनले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुवैबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई दिँदै आएको सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि त्यस सहयोगको निरन्तरतामा विश्वास व्यक्त गरिन्।

त्यसैगरी, राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपाललाई यसअघि जस्तै प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित