सुन तोलामा ८ सयले बढेर २ लाख १६ हजार, चाँदी तोलामा २,५८० पुग्यो

काठमाडौँ : सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो यो मूल्य २ लाख १५ हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको भाउ पनि वृद्धि भएको छ । महासङ्घका अनुसार चाँदी तोलामा ६० रुपैयाँले बढेर २ हजार ५८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य २ हजार ५२० रुपैयाँ थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले हालको बजार अवस्था तथा भाउमा हुने उतारचढावलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित