निःशुल्क कक्षा सञ्चालन गर्ने शिक्षकहरूको मेहनतको परिणाम : झण्डै ८० प्रतिश विद्यार्थी सफल

बेलडाँडी, असोज ११ गते । “पैसा भए मात्र शिक्षा पाइन्छ” भन्ने धारणालाई चुनौती दिँदै बेलडाँडीका शिक्षकहरूले सञ्चालन गरेको निःशुल्क ग्रेड सुधार तयारी कक्षाको नतिजा सार्वजनिक भएको छ । रौलेश्वर माध्यमिक विद्यालयमा सञ्चालन गरिएको कक्षामा सहभागी ६४ विद्यार्थीमध्ये ५१ जनाले ग्रेड वृद्धि गर्न सफलता हासिल गरेका छन् ।

कक्षा सञ्चालन गर्ने शिक्षकहरूको अथक परिश्रम र निःस्वार्थ योगदानको प्रतिफलस्वरूप यो कक्षाको नतिजा ७९.६८ प्रतिशत आएको हो । विद्यार्थीहरूको शैक्षिक स्तर सुधार गर्ने उद्देश्यले सुरु गरिएको यस अभियानलाई स्थानीय समुदायले उच्च प्रशंसा गरेको छ ।

रौलेश्वर माध्यमिक विद्यालयका शिक्षक कृष्ण धामीका अनुसार, एसईई निःशुल्क ग्रेड सुधार कक्षामा सहभागी ६४ विद्यार्थीमध्ये ५१ जना सफल हुनु गर्वको विषय हो । उनले सफल विद्यार्थीलाई हार्दिक बधाई दिँदै असफल भएकाहरुलाई निराश नहुन र अझै मेहनत गर्न आग्रह गरेका छन् । साथै, सहयोग गर्ने सहकर्मी शिक्षकहरू, रौलेश्वर माविका प्र.अ कृपाराम उपाध्याय र अन्य सहयोगीहरूलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।

विद्यार्थीहरूको हौसला बढाउन स्वस्फूर्त रूपमा जुटेका शिक्षकहरूले विषयगत अध्यापन गराएका थिए । नेपाली विषय सिंहपाल आवि.का मदन साउद र देवकी जोशी (सिद्धनाथ मावि), सामाजिक जनक थापा (गणेश मावि), गणित कृष्ण धामी (रौलेश्वर मावि), अंग्रेजी दीपक नेपाली (सिद्धनाथ मावि), विज्ञान/गणित वीरबहादुर बिष्ट (सिद्धनाथ मावि), सन्तोष बिष्ट (सरस्वती मावि), अर्थशास्त्र प्रेमबहादुर कुँवर (सिद्धनाथ मावि) , र पछि अभियानमा बम बहादुर बुढा (नेपाली) र प्रकाश बडुवाल (अर्थशास्त्र) विषय अध्यापन गराएर सहयोग गरेका थिए ।

यो निःशुल्क तयारी कक्षा गत असार १७ गतेदेखि सञ्चालन गरिएको थियो । समुदायलाई शिक्षा व्यवसायिक बनाउने चिन्ताबीच बेलडाँडीका शिक्षकहरूले प्रस्तुत गरेको समाजसेवी भावनाले उदाहरणीय परिणाम देखाएको भन्दै स्थानीयले आभार प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित