महेन्द्रनगर । कञ्चनपुर कारागार कार्यालयले फरार रहेका कैदी तथा थुनुवाहरूलाई भोलि बेलुकी ५ बजेसम्म पुनः कारागारमा फर्कन अत्यन्त जरुरी सूचना जारी गरेको छ।
कारागार कार्यालयका अनुसार गत २०८२ साल भदौ २४ गते कारागारमा आन्तरिक तथा बाह्य अराजक भीड उत्पन्न भई पुरुष र महिला गरी ४५७ जना कैदीबन्दीहरू फरार भएका थिए। तीमध्ये केही पक्राउ परेका र केही स्वेच्छाले फर्किएका भए पनि अझै ठूलो सङ्ख्या बेपत्ता रहेको कारागार प्रशासनले जनाएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र कारागार कार्यालय दुवैतर्फबाट फरार कैदीहरूलाई सम्पर्कमा आउन सूचना जारी गरिएको थियो। तर अझै बाँकी रहेका कैदी–थुनुवाहरू फिर्ता नआएकाले फरार बन्दी खोजी तथा पक्राउ कार्यदलको २०८२/०६/१९ को निर्णय अनुसार सोमबार (२०८२/०६/२०) बेलुका ५ बजेसम्म आत्मसमर्पण गर्न आग्रह गरिएको हो।
कारागार कार्यालयले भनिएको छ, “निर्धारित म्यादभित्र फर्की नआएमा कारागार ऐन २०७९ तथा अन्य प्रचलित कानुनअनुसार कडा कानुनी कारवाही गरिनेछ।”
त्यस्तै फरार कैदीहरूलाई लुकाउने, आश्रय दिने वा सहयोग गर्ने जो कोही पनि कानुन अनुसार कसूरदार ठहरिने चेतावनी दिइएको छ।
कारागार प्रशासनले फरार कैदीहरूको खोजी तथा पक्राउ कार्यमा सहयोग गर्न परिवार, समुदाय, नागरिक समाज, पत्रकार, स्थानीय तह, सरकारी निकाय तथा सरोकारवाला सबैलाई आह्वान गरेको छ। सहयोग गर्ने व्यक्तिहरूको पहिचान गोप्य राखिने कारागार कार्यालयले स्पष्ट गरेको छ।
सम्पर्कका लागि नम्बरहरूः
- जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरः ☎️ ०९९–५२११०९ / ५२०७०८ / ५२३४५५
- सहायक प्रमुख जिल्ला अधिकारीः ९८५८७७५६६६
- जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरः ☎️ १०० / ९८५८७५०९१७
- सशस्त्र प्रहरी बल नेपाल, शैलेश्वरी कञ्चनपुरः ९८५१२७२१२०
- राज्य प्रहरी कार्यालय, कञ्चनपुरः ९८५८७७६६४२
- कारागार कार्यालय, कञ्चनपुरः ☎️ ०९९–४१८१७४ / ९८५८७७३७७७























Discussion about this post