काठमाण्डौ : सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको सुन रु २ लाख ३८ हजार पुगेको छ ।
हिजो तोलाको रु २ लाख ३५ हजार ४ सयमा कारोबार भएको सुन आज एकै दिनमा रु २ हजार ६ सयले बढेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि यसको असर नेपाली बजारमा समेत देखिएको महासंघले जनाएको छ ।
उता, चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । हिजो तोलाको रु २ हजार ९६० मा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर रु २ हजार ९५५ मा झरेको छ ।
व्यवसायीहरूले सुनको मूल्य अझै केही समयसम्म उतारचढाव हुने अनुमान गरेका छन् ।






















Discussion about this post