कञ्चनपुरमा २९ लाख बराबरका पटाका बरामद, एक व्यक्ति पक्राउ

कञ्चनपुर । असोज २५ गते हिजो सनिवार साँझ ७ बजे, जिल्ला कञ्चनपुरको भिमदत्त नगरपालिका–३ इन्टरनेशनल बोर्डिङ स्कुल पछाडि बस्ने ४९ वर्षीय खडक पालको घरमा प्रहरीले छापा मार्दा ठूलो मात्रामा पटाका बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले घरको रितपूर्वक खानतलासी गर्दा विभिन्न प्रकारका विष्फोटक पदार्थ (पटाका तथा आतिसबाजी) बरामद गरेको हो । बरामद गरिएका सामग्रीको अनुमानित मूल्य रु २८ लाख ९८ हजार ६५० बराबर रहेको प्रहरीले जनाएको छ ।

घरधनी खडक पाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–७ अन्तर्गत विष्फोटक पदार्थसम्बन्धी कसुर अनुसार, कुनै पनि व्यक्ति वा संस्थाले आतिसबाजी, पटाका जस्ता विष्फोटक पदार्थ उत्पादन, कारोबार, भण्डारण वा ओसारपसार गर्न नपाउने कानुनी व्यवस्था छ । यसरी सामान्य विष्फोटक पदार्थ राख्ने वा कारोबार गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजार रुपैयाँसम्म जरिवानाको सजायको व्यवस्था छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खडकबहादुर खत्रीका अनुसार बरामद सबै पटाका आज कार्यालय परिसरमै नष्ट गरिएको छ । उनले यस्तो खालको जोखिमपूर्ण पदार्थ घरमा भण्डारण वा व्यापार नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

एसपी खत्रीले भने, “आगामी दशैं, तिहार जस्ता पर्व नजिकिँदै गर्दा विष्फोटक पदार्थको बिक्री वितरण नियन्त्रण गर्न प्रहरीले कडाइ गरेको छ, यस्ता कार्य कानूनी रूपमा अपराध हुन्।” प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित