नेपाल रेडक्रस सोसाइटी उपशाखा बेलडाँडीको तदर्थ समिति गठन

बेलडाँडी । नेपाल रेडक्रस सोसाइटी उपशाखा बेलडाँडीको तदर्थ समिति आज (बुधवार) गठन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर कार्यसमिति सदस्य तथा संगठन विकास समिति संयोजक प्रेम बहादुर थापाको अध्यक्षतामा बसेको भेलाले सात सदस्यीय तदर्थ समिति चयन गरेको हो ।

समितिमा अक्कल बहादुर बिष्ट, हर्कदेव जोशी, पवन कुमार जोशी, कमला माली (साउद), सुरेन्द्र बहादुर सिंह, कमला गुर्धामी (धामी) र नरेन्द्र रोकाया चयन भएका छन् ।

कार्यक्रममा बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना, रेडक्रस कञ्चनपुर शाखाका मन्त्री रघुनाथ भट्ट, कोषाध्यक्ष धिरेन्द्रचन्द भट्ट, कार्यसमिति सदस्य दिपेन्द्र बहादुर बम, कार्यालय प्रमुख मनोज प्रसाद उप्रेती लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा कार्यालय प्रमुख उप्रेतीले भेलाबाट सात सदस्यीय तदर्थ समिति सर्वसम्मत रूपमा चयन गरिएको जानकारी दिनुभयो ।

यसअघि नै बेलडाँडी गाउँपालिकाको सहयोगमा रेडक्रसको भवन निर्माण भइसकेको छ । सो अवसरमा गाउँपालिका अध्यक्ष रानाले बेलडाँडी क्षेत्रमा विपत् न्यूनिकरण तथा उद्धार, राहत र जनचेतना सम्बन्धी कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्न यस्तो पहल गरिएको बताउनुभयो । उहाँले चयन भएका सदस्यहरूलाई शुभकामना दिँदै रेडक्रसले स्थानीय स्तरमा मानवीय सेवा र सहयोगका कार्यमार्फत समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

नवगठित रेडक्रस उपशाखा बेलडाँडीले अबका दिनमा गाउँपालिकाभित्र स्वास्थ्य, रक्तदान, विपत् व्यवस्थापन, स्वच्छता र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित