कञ्चनपुर । गोप्य सूचनाको आधारमा कञ्चनपुर प्रहरीले भिमदत्त नगरपालिका–४ बजारस्थित गोरखबहादुर चन्दको घरमा गई जुवा खाल धन्दा नियन्त्रणमा लिएको छ ।
मिति २०८२ साल कात्तिक १ गते साँझ करिब ७ बजे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले घरभित्र चलिरहेको जुवातासमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट तीन गड्डी तास र नगद रु. २३ हजार १ सय १० रुपैयाँ समेत बरामद गरिएको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।






















Discussion about this post