कञ्चनपुर । भिमदत्त नगरपालिका–१ भाँसीस्थित सुरेन्द्र भण्डारीको घरमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मिति २०८२ साल कार्तिक ८ गते गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो।
घरमा छापा मार्दा हार–जित हुने गरी तास खेलिरहेको अवस्थामा ९ जना व्यक्ति फेला परेका हुन्। छापाको क्रममा प्रहरीले रु. ५५ हजार १५ रुपैयाँ नगद र तासका पत्ता समेत बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






















Discussion about this post