भीमदत्त । भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखक जोशीले आज शुक्रबार नगरको प्रमुख बजार क्षेत्रमा व्यापक अनुगमन गर्नुभयो। बजार सरसफाइ, पसलका अगाडि राखिएका टिनका छज्जा, फुटपाथ उपयोग तथा सार्वजनिक स्थानको व्यवस्थापनबारे उपप्रमुख जोशी नेतृत्वको टोलीले बिस्तृत अनुगमन गरेको उपप्रमुख लेखक जोशीको सचिवालयले जनाएको छ।
अनुगमनका क्रममा फुटपाथमा अव्यवस्थित रूपमा राखिएको वस्तु तथा मापदण्डविपरित बनाइएका टिनका छज्जाहरू तत्काल हटाउन उपप्रमुख जोशीले व्यापारीहरूलाई चेतावनी दिनुभयो। उहाँले आइतबारभित्र हटाइएकाे अवस्था नदेखिए कानुनबमोजिम सामग्री जफत गरी कारबाही अघि बढाइने स्पष्ट गर्नुभयो। त्यस्तै, पसल तथा घरअगाडि जथाभाबी फोहोर फाल्नेहरूविरुद्ध पनि कडाइ हुने बताइएको छ।
उहाँले सम्बन्धित कर्मचारीहरूलाई बजार क्षेत्रमै मनोमानी ढङ्गले कानूनविपरीत कार्य गर्नेको विवरण संकलन गरी तत्काल कारबाही प्रक्रिया अघि बढाउन चेतावनी दिनुभयो ।
उपप्रमुख लेखक जोशी लामो समयदेखि फोहोर व्यवस्थापनमा लापरवाही नगर्न आग्रह गरिरहेको बताउँदै, नगरपालिकाले प्रत्येक दिन फोहोर उठाउने व्यवस्था गरेको हुँदा नियमको अवज्ञा गरे त्यसको परिणाम भोग्न तयार हुनुपर्ने चेतावनी दिनुभयो।
“हाम्रो नगर सफा-सुन्दर बनाउन सबैपक्षको बराबर हात हुनुपर्छ,” उहाँले भन्नुभयो।
जिल्लाको सबैभन्दा पुरानो नगरका रूपमा भीमदत्त नगरलाई नमुना नगरपालिका बनाउने लक्ष्यसहित आफ्नो टिम सक्रिय रहेको उपप्रमुख जोशीको भनाइ छ।
फुटपाथ पैदलयात्रीका लागि सुरक्षित मार्ग भए पनि केही व्यापारीहरूले व्यक्तिगत प्रयोग गरेकाले सर्वसाधारणको बाटो अवरुद्ध भएको भन्दै उहाँले खेद प्रकट गर्नुभयो। “सुरक्षित यात्रा र स्वच्छ बजारका लागि फुटपाथ खाली राखिनैपर्छ ।,”























Discussion about this post