बेलडाँडीमा नमुना विद्यालय भ्रमण कार्यक्रम सम्पन्न, समावेशी तथा गुणस्तरीय शिक्षातर्फ थप अग्रसरता

बेलडाँडी । युरोपियन युनियनको सहयोगमा सेभ द चिल्डेन तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) द्वारा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत गैर-नमुना विद्यालयका प्र.अ तथा प्रतिनिधिहरूका लागि एक दिने नमुना विद्यालय भ्रमण कार्यक्रम मंगलबार सम्पन्न भएको छ। कार्यक्रममा बेलडाँडी गाउँपालिकाका ११ सामुदायिक विद्यालयका प्रतिनिधिहरू सहभागी भएका थिए।

भ्रमण टोलीले श्री सरस्वती जनता मा.वि बैवाह,श्री रौलेश्वर मा.वि र श्री सरस्वती मा.वि झर्नासागर मा पुगेर विद्यालयको विकास यात्रा, भौतिक संरचना, शिक्षक दरबन्दी, शैक्षिक अवस्था, पाँच वर्षीय सुधार योजना तथा समावेशी अभ्यासबारे विस्तृत जानकारी लिएको थियो। नमुना विद्यालयका प्र.अहरूले विद्यालयको सामाजिक-आर्थिक बनोटदेखि समग्र उपलब्धि स्तरसम्मका विषयमा प्रत्यक्ष प्रस्तुति दिएका थिए।

यस्तै, NNSWA का प्रतिनिधिहरूले कार्यगत सीमितताको फारम, फरक सिकाइ आवश्यकताअनुसार अपनाइने कक्षा-कक्षाभित्रका अभ्यास, No One Left Behind वर्षका गतिविधि तथा शैक्षिक गुणस्तर सुधारका चालु प्रयासबारे सहभागीहरूलाई अवगत गराए।

परियोजनाले नमुना विद्यालयहरूलाई प्रारम्भिक कक्षाका लागि कार्पेट व्यवस्थापन, शैक्षिक सामग्री, शिक्षक किट, विद्यालय किट, खानेपानी फिल्टर, IEMIS तालिम, भर्ना अभियानमा सहकार्य, कक्षाकोठा सुधार तथा पहुँचमैत्री पूर्वाधार विकासजस्ता विविध सहयोग गर्दै आएको जानकारी गराइएको थियो। साथै परियोजनाले ६४ हजार ४८६ रुपैयाँको लगानीमा विद्यालय भवनका विभिन्न कक्षाकोठामा पेन्टिङ, मर्मत तथा र्‍याम्प सुधारसमेत सम्पन्न गरेको छ।

समावेशीताका लागि विद्यालयहरूले अपनाएका पहलहरू : उजुरी पेटिका व्यवस्थापन, लैङ्गिक सम्पर्क शिक्षक, गुनासो सुनुवाइ समिति, बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन, विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान, अपाङ्गता भएका विद्यार्थीहरूको Assistive Device प्रक्रिया र IEMIS अद्यावधिक,सहभागीहरूले नजिकबाट अवलोकन गरेका थिए।

समापन सत्र झर्नासागरस्थित सरस्वती मा.वि मा सम्पन्न भएको थियो। विद्यालयका प्र.अ जनक बहादुर थापाले नमुना विद्यालयले गर्दै आएका कार्यहरू अन्य विद्यालयहरूका लागि प्रभावकारी सिकाइको माध्यम बनेको बताए। भ्रमणले विद्यालयबीच अनुभव आदान-प्रदानलाई सहज बनाएको उनको भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै परियोजनाका शिक्षा अधिकृत ऋषिकेश जैरुले २०२७ सम्म बेलडाँडीका सबै सामुदायिक विद्यालयलाई समावेशी तथा गुणस्तरीय शिक्षामा प्रवद्र्धन गर्दै नमुना विद्यालयलाई रिसोर्स हब का रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए। उनले निकट भविष्यमा विद्यालय केन्द्रित अपाङ्गता पहिचान शिविर सञ्चालन गरिने पनि बताए।

सहभागीहरूका अनुसार, भ्रमणले नमुना विद्यालयहरूले अवलम्बन गरिरहेका सफल अभ्यासबारे प्रत्यक्ष सिकाइको अवसर प्रदान गरदै गैर-नमुना विद्यालयहरूलाई आगामी योजनामा मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित