आर्थिक अभावले घरमै थलिए बेलडाँडीका गिरी, जीवनरक्षाका लागि सहयोग आवश्यक

बेलडाँडी । दायाँ फोक्सोको मध्य लोब र तल्लो लोबमा देखिएको म्भीर सिस्टिक ब्रोन्काइक्टेसिस तथा दुवै फोक्सोमा फैलिन थालेको फाइब्रोटिक परिवर्तनका कारण गम्भीर अवस्थाबाट गुज्रिरहेका बेलडाँडी गाउँपालिका-३ का ४२ बर्षिय राम गिरी अहिले आर्थिक अभावले उपचारबाट वञ्चित हुन पुगेका छन्।

सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीका रेडियोलोजिस्ट डा. सुदीप हेमगाईंद्वारा गरिएको हालैको TECHNIQUEV स्क्यान अनुसार गिरीको फोक्सोका महत्वपूर्ण भागहरू प्रायः सिस्टिक ब्रोन्काइक्टेटिक परिवर्तनले प्रतिस्थापन भइसकेका छन्।
अक्सिजनको कमी, सास फेर्न गाह्रो, छाती दुख्ने तथा संक्रमणको उच्च जोखिमले उनी दैनिक जीवन नै कठिन बनेको अवस्थामा छन्। डाक्टरले तात्कालिक उपचार तथा विशेषज्ञ केन्द्रमा रेफरल आवश्यक रहेको बताएका छन्।

तर गम्भीर आर्थिक अभावका कारण उनी अहिले घरमै थलिइरहेका छन्। उपचार गर्नुपर्ने अस्पतालको खर्च, औषधि तथा आवास व्यवस्थापनसमेत गर्न नसकिएकोले परिवार चिन्तित छ।

उनको श्रीमती निर्मला गिरीको आँखामा आँसु उम्लन्छ, “हामीसँग उपचार गर्नसक्ने अवस्था छैन। सबैसँग अनुरोध छ, सानो-सानो सहयोग भए पनि हाम्रो परिवारलाई ठूलो राहत मिल्नेछ,” उनी भन्छिन्।

परिवारले सबै शुभचिन्तक, मानवता मन पराउने मनहरू र समाजका दयालु व्यक्तिहरूलाई गिरीको उपचारार्थ सहयोगको हात फैलाइदिन आग्रह गरेको छ।

सहयोग गर्नुहुनेले उनको श्रीमतीको नाममा रहेको NMB बैंकको खातामा रकम पठाउन सक्नुहुनेछ, खाता नं.: 1180235176000019, नाम: निर्मला गिरी वा तलको QR स्क्यान गरी सहयोग गर्न सकिन्छ। सम्पर्कका लागि: 9810604425,

गम्भीर रोगसँग लडिरहेका गिरीलाई फेरि सामान्य जीवनतिर फर्काउन तपाईंको सानो सहयोगले ठूलो चमत्कार गर्न सक्छ। मानवियताको यो यात्रामा हाम्रो सानो हातले कसैको जीवन बचाउन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित