बेलडाँडीमा अन्तरविद्यालय हाजिरी-जवाफ: सरस्वती जनता माध्यमिक विद्यालय पहिलो

बेलडाँडी । बेलडाँडी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाको आयोजनामा आज (शुक्रबार) गणेश माध्यमिक विद्यालय, भुर्षामा सम्पन्न गाउँपालिका स्तरीय आधारभूत तह (कक्षा ६-८) अन्तरविद्यालय हाजिरी-जवाफ प्रतियोगितामा सरस्वती जनता माध्यमिक विद्यालय, बेलडाँडी-४, बैवाहले प्रथम स्थान हासिल गरेको छ।

यसैगरी दोस्रो स्थान बैजनाथ माध्यमिक विद्यालय, झिलमिलाले र तृतीय स्थान सिंहपाल आधारभूत विद्यालय, चन्दनबस्तीले प्राप्त गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले विजयी विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै सबै सहभागी विद्यार्थीलाई अझ मेहिनेत गर्न सुझाव दिए। अध्यक्ष रानाले हाजिरी-जवाफजस्ता प्रतियोगिताले विद्यार्थीको सिकाइ सक्रिय बनाउन, तुरुन्तै बुझाइ पत्ता लगाउन, आत्मविश्वास वृद्धि, भाषिक क्षमता सुधार, कक्षा व्यवस्थापन सहज, स्मरणशक्ति मजबुत तथा विषयप्रति रुचि बढाउन महत्वपूर्ण योगदान दिने बताउनुभयो।

कार्यक्रमका संयोजक गणेश माध्यमिक विद्यालयका निमित्त प्रमुख शिक्षक सुरेन्द्र प्रसाद भट्ट रहनु भएको थियो। कार्यक्रम सभापतिमा सामाजिक विकास समितिका सभापति गजबहादुर बिष्ट रहनुभयो। कार्यक्रममा गाउँपालिका प्रमुख, शिक्षा युवा तथा खेलकुद विकास शाखाका प्रमुख भानुभक्त जोशी लगायत शिक्षक, विद्यार्थी तथा सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित