डोटी भूकम्पपछि लगातार ३०० परकम्प

7
VIEWS

धनगढीः डोटी भूकम्पपछि त्यस आसपास क्षेत्रमा लगातार परकम्प गइरहेका छन्। आज बिहीबार बिहान १० बजेसम्म ३०० परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

पछिल्लो पटक बिहान ५ बजेर १३ मिनेट जाँदा बाजुरामा केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको परकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए।

यसअघि डोटीमा बुधबार बिहान सवा २ बजेतिर मानवीय क्षति हुने गरी ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो। पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँमा भूकम्प गएको हो।

उक्त भूकम्पले घर भत्किंदा ६ जनाको मृत्यु भएको थियो भने ८ जना गम्भिर घाइते भएका छन्। घाइतेहरुको उपचार जारी छ।

 

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार