भीमदत्त-८ तिलाचौरमा ‘ब्राइटस्टार पब्लिक एकेडेमी’ को शिलान्यास, अंशु बर्माको नेतृत्वमा आधुनिक शिक्षाको नयाँ ज्योति

भीमदत्त । भीमदत्त नगरपालिका-८ तिलाचौरमा टिकटकर तथा युवा समाजसेवी अंशु बर्मा र नविन भट्टको साझेदारीमा आधुनिक शिक्षाको नयाँ गन्तव्य बन्ने अपेक्षासहित ‘ब्राइटस्टार पब्लिक एकेडेमी’ को भवन निर्माण शिलान्यास गरिएको छ। प्राथमिक तहदेखि आधुनिक प्रविधिसम्मको गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले अघि बढाइएको यो सामाजिक तथा शैक्षिक अभियानले स्थानीय क्षेत्रमा नयाँ आशा जगाएको छ।

शिलान्यास तथा जग्गा पूजा कार्यक्रम आज भव्य रूपमा सम्पन्न गरियो। कार्यक्रममा अंशु बर्माले समाजसेवा मात्रै होइन, अब शिक्षा क्षेत्रमा समेत उज्यालो भविष्य निर्माणका लागि आफूहरूले कदम चलाएको बताए। “समुदायलाई आधुनिक र गुणस्तरीय शिक्षा उपलब्ध गराउने नयाँ दीप बाल्न यो हाम्रो सानो तर महत्वपूर्ण प्रयास भएको बताए । ,”

एकेडेमी संचालनका लागि बर्मा-भट्ट साझेदारीले विद्यालयलाई प्रविधिमैत्री, आधुनिक सिकाइ सामग्रीयुक्त शिक्षामा केन्द्रित बनाइने जानकारी गराउनु भयो । झण्डै डेढ करोड लगानीमा निर्माण गरिने उक्त भवन अत्याधुनिक सुविधा सम्पन्न हुने जनाए । यसमा विद्यालय जानै नसक्ने बावबालिकाहरुलाई समेत शिक्षा दिने तयारीका साथ आफुहरु अघि बढेको बताउनु भयो ।

कार्यक्रममा बर्माका बुवा महेश कुमार बर्मा, आमा सन्जु बर्मा, भट्टकी आमा राधिका भट्टसहित शिक्षक, बुद्धिजीवी, समाजसेवी, भद्रभलादमी, कञ्चनपुर प्रहरी प्रमुख, पत्रकार तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो। उनीहरूको उपस्थितिले नयाँ शिक्षालयप्रति समुदायको विश्वास र सहयोग झनै मजबुत बनेको जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित