कैलाली । कैलालीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। घोडघोडी नगरपालिका–२ अन्तर्गत घोडाघोडी नगर अस्पताल नजिकको भित्री सडकमा भएको दुर्घटनामा ८ वर्षीय गोविन्द बिष्टको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोविन्द बिष्ट बौनियास्थित सनराइज बोर्डिङ स्कुलमा कक्षा १ मा अध्ययनरत थिए। विद्यालयबाट बिदा भएपछि स्कुल बसमार्फत घर आइरहेका बालकलाई बसबाट झार्ने क्रममा सोही विद्यालयको मप्र०३–००१ क २९४१ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।
साडेपानीका ५७ वर्षीय भागीराम चौधरीले चलाएको उक्त बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।
दुर्घटनापछि बस र बस चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।























Discussion about this post